नियम
शेयरको नामसारी

(१) कुनै सदस्यको मृत्यु भएमा निजको नाममा रहेको शेयर र संस्था वा संघबाट निजलाई प्राप्त हुने हक निजले नियम ९ बमोजिम मनोनीत गरेको कुनै हकवाला भए सो हकवाला र त्यस्तो हकवाला नभए प्रचलित कानून बमोजिमको हकवालाको नाममा नामसारी गरी दिनु पर्नेछ । तर त्यस्तो हकवालामा सदस्यता प्राप्त गर्नको लागि विनियममा तोकिएको योग्यता नभएमा सदस्यको मृत्यु भएको मितिले ६ महिनाभित्र सदस्यताको लागि योग्य अरु कुनैहकवालाको नाममा नामसारी गरी पाउ“ भनी दरखास्त दिन सक्नेछ र त्यस्तोमा सो हकवालाको नाममा नामसारी गरी दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम मृत सदस्यको हक हकवालाले नामसारी गराइ लिन नचाहेमा निजले पाउने शेयर रकम त्यस्तो हकवालालाई फिर्ता दिनु पर्नेछ ।

(३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि मृत सदस्यको हकवाला नाबालिक रहेछ वा निजको मानसिक सन्तुलन ठीक रहेनछ भने मृत सदस्यले
पाउने शेयर रकम कम्तिमा दुई जना साक्षीको रोहवरमा त्यस्तो हकवालाको संरक्षकलाई फिर्ता दिनु पर्नेछ ।